बिहिबार, बैशाख १३, २०८१

आइतवारको तुलनामा आज दोब्बर भन्दा बढि सख्यामा कोभिड संक्रमितको पहिचान,५ को मृत्यु

काठमाडौं कात्तिक २२ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा ३९० जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले देशभरका विभिन्न  प्रयोगशालामा २ हजार ६०६ पीसीआर परीक्षण ३७१ र २ हजार ४२० एन्टिजेन परीक्षणको क्रममा १९ जना गरी कुल ३९० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टामा ४२५ जना संक्रमित संक्रमण मुक्त भएका छन भने यसवीचमा ५ जनाको मृत्यु भएको जनाउदै मन्त्रालयले देशभर ७ हजार ६५४ जनामा सक्रिय संक्रमण रहेको जनाएको छ ।