शुक्रबार, बैशाख १४, २०८१

छठपर्वको दोस्रो दिन : आज दिनभर उपवास सहित खरना विधी मनाइँदै

काठमाडौ कार्तिक २३ , 
सूर्य उपासनको एक विशेष पर्व छठपर्वको आज दोस्रो दिन खरना मनाइँदैछ । आजको दिन छठपर्वका ब्रतालुहरुले  दिनभर उपवास बस्दै साँझ नयाँ चुलोमा र सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइएको खीरलाई व्रतीले प्रसादको रूपमा ग्रहण गर्ने गर्छन् । नैवेद्य चढाउने बेलामा जति वटा अघ्र्यदान गरिने हो, त्यति वटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ ।

त्यस्तै खरना भन्नाले मुलत । यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात दिनभरि पानीसमेत नपिई निराहार ब्रतको पूर्वाभ्यास भएको विज्ञरुले बताएका छन ।  पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ ।

 यसैवीच विशेषत मधेश क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक मनाइने यो पर्व अहिले काठमाडौमा पनि भव्यतापूर्वक मनाउँने गरिन्छ । राजधानीको शंखमुल गौरीघाट टंङकेश्वर रानीपोखरी लगायतका क्षेत्रमा मनाइने । प्रस्तुत पर्वमा व्रतालु र दर्शनार्थीको ठूलो घुइचो लाग्ने भएका कारण यि स्थान विशेष रुपमा सजाइएको छ ।   दुई दिनसम्म मनाइने सो पर्वको पहलिो दिन   अस्ताउँदो सूर्यलाई अर्घ र दोस्रो दिन    उदाउँदो सूर्यलाई अर्घ र प्रसाद वितरण गरी छठ पर्व समापन गर्ने गरिन्छ ।