बिहिबार, बैशाख ६, २०८१

सत्तारुढ गठबन्धन दलको बैठक: चक्रिय प्रणीली अनुरुप बैठकको संयोजन गर्ने गरि ११ सदस्यीय समन्वय समिति गठन

काठमाडौं कात्तिक २२ ,
काँग्रेस नेतृत्वको गठबन्धन सरकार सञ्चालनको सहजीकरणका लागि गठबन्धन दलका शिर्ष नेतृत्वको उपस्थिती रहने गरि सत्ता गठबन्धनकालागि ११ सदस्यीय समन्वय समिति गठन गरिएको छ । गठबन्धनदलको आज साँझ प्रमको सरकारी निवास वालुवाटारमा बसेको बैठकले ११ सदस्यीय समन्वय समिति बनाउने प्रस्ताव पारित गर्दै समन्वय समितिलाइ मुर्तता दिएको हो ।

गठितसमन्वय समितिमा गठबन्धन दल नेपाली कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला, माओवादी केन्द्रको तर्फबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष माधवकुमार नेपाल [पछि थप एकजना मनोनयन गरिने ] जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, [पछि थप एकजना मनोनयन गरिने ] राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल , नेकपा एकीकृत समाजवादी , जसपा र राष्ट्रिय जनमोर्चाका २–२ जना सदस्य गरि १० जना र सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहित ११ सदस्यीय बनाइएको छ ।

त्यस्तै समन्वय समितिको बैठकको संयोजन चक्रिय प्रणीली अनुरुप हरेक पार्टीले दुई–दुई महिना गर्ने सहमति भएको बैठकमा सहमभागी एक नेताले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031