बिहिबार, बैशाख १३, २०८१

क्रमिक रूपमा घट्दो तापक्रमका कारण देशभर ह्वात्तै चिसो बढ्यो

काठमाडौ कार्तिक २३ , 

केहि दिन यता देशभर ह्वात्तै चिसो बढ्दै गएको छ । विशेषतः अहिले बिहान र बेलुका बढी मात्रामा चिसो महसुस हुन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यस्तै महाशाखाले क्रमिक रूपमा घट्दो तापक्रम अनुसार काठमाडौंको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस पुगेको जनाउदै यसवीचमा सबैभन्दा कम तापक्रम जुम्लामा न्यूनतम तापक्रम माइनस १ दशमलव शून्य मापन भएको जनाएको छ ।

त्यस्तै महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशको पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । यस्तै दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेभागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने उल्लेख गरेको छ । यस्तै राति पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख गरिएको छ ।