शनिबार, बैशाख १५, २०८१

कोभिड संक्रमणका कारण काठमाडौं उपत्यकामा मात्र ३ हजार ३१४ जनाको मृत्यु

काठमाडौं कात्तिक १५,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोभिड संक्रमणका कारण मृत्यु भएका कुल संक्रमित ११ हजार ४०७ मध्ये काठमाडौं उपत्यकाका कोभिड ३ हजार ३१४ जना रहेको जनाएको छ।

त्यस्तै मन्त्रालयले काठमाडौं जिल्लाका २ लाख ४९ हजार ७९८ व्यक्ति कोभिड संक्रमित भएको जनाउदै यसमध्ये १ हजार १२ जना व्यक्ति उपचाररत छन् भने २ लाख ४६ हजार ५९० व्यक्ति उपचार पछि डिस्चार्ज भइसकेको जनाएको छ।

त्यसैगरी, भक्तपुर जिल्लाका २ लाख ९ हजार ७६६ संक्रमितमध्ये २ लाख ८ हजार ८१० जना उपचार पछि डिस्चार्ज भएका छन भने ४३४ संक्रमितले मृत्यु वरण गरेको जनाएको छ । त्यस्तै ललितपुर जील्लामा पहिचान भएका ४९ हजार४६३ संक्रमित मध्ये ४८ हजार २३७ संक्रमित उपचारपछि डिस्चार्ज भएका छन भने ६८४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।