शुक्रबार, बैशाख ७, २०८१

कोभिड संक्रमण: २४१ जनाको आइसीयू र ७४ जना भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं कात्तिक १५,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा ५३३ जना कोभिड संक्रमित थपिएको जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ४६८ पीसीआर र ४ हजार १९६ जनाको एन्टीजेन परीक्षणको क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

त्यस्तै यसवीचमा ४९० जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन भने ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेको छ। त्यस्तै पछिल्लो समय २४१ जनाको आइसीयू र ७४ जना भेन्टिलेटरमा उपचार भइरहेको समेत जानकारी समेत मन्त्रालयले दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031