बिहिबार, बैशाख २७, २०८१

सुरक्षा रणनीति तय गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौं कात्तिक १५,
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ । अफगानी नागरिकहरु अवैध नेपाल प्रवेश गर्न थालेको र यसबारे सुरक्षा रणनीति तय गर्नेबारे विषयमा छलफल सहित सुरक्षा रणनीति तय गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बस्न लागेको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, नेपाली सेनाका रथी, नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रहरी शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, मन्त्रालयका शान्ति, सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेललगायतको सहभागीता रहेने मन्त्रालयले जनाएको छ।