बुधबार, बैशाख १२, २०८१

मुख्यमन्त्री आचार्यको राजीनामा, नयाँ मुख्यमन्त्रीमा नेकपा एसका नेता राईको दावी

काठमाडौं कात्तिक १५,
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् । सोमबार दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई राजीनामा पत्र बुझाएका हुन् ।

प्रदेशसभामा एमाले विभाजन संगै अल्पमतमा परेसंगै विस्वासको मत नपाउँने भएपछि मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा दिएको हो । यसअघि मुख्यमन्त्री आचार्यले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।तर त्यसअघिनै राजीनामा दिएका कारण उनको प्रस्ताव उपर मतदान पक्रियामा प्रवेश नगर्न नपरेको हो ।

यसैवीच मुख्यमन्त्री आचार्यको राजीनमा स्वीकृत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनको आह्वान गरेसंगै नयाँ सरकार गठनका लागि गठबन्धन दलको तर्फबाट लगत्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले प्रदेश सभाका ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दावी पेश गरेका छन ।

गठबन्धन दलको दावी अनुसार नयाँ सरकार ले सरकारको नेतृत्वमा दाबी पेस गरेपछि नयाँ सरकार गगठनका लागि शुर गरिएको प्रक्रिया लाइ पूर्णतादिदै दिउँसो नयाँ मुख्यमन्त्रीलाइ शपथग्रहण गराइने तयारी भएको बुझिएको छ।