शनिबार, बैशाख १५, २०८१

काँग्रेसको १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये ४० जिल्लाको अन्तिम नतिजा सार्वजनिक

काठमाडौ मंसिर ८,
आगामी मङ्सिर २४ देखि २६ सम्म काठमाडौंमा हुँने नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्ममा आउने काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले ६० जिल्लामध्ये मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा प्राप्त भइसकेको र यसअघि देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको जानकारी दिएको छ।