शुक्रबार, चैत्र १६, २०८०

३५१ जना कोभिड सङ्क्रमित थपिदैगर्दा २७३ जना डिस्चार्ज

काठमाडौं मङ्सिर ७,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३५१ जना कोभिड सङ्क्रमित थपिएको जनाएको छ । देशभरका विभिन प्रयोगशालामा ८ हजार ७२९ जनामा पीसीआर परीक्षणको क्रममा ३१३ जनामा र १ हजार ४४५ जनामा एन्टीजेन परीक्षणको क्रममा ३८ जना गरि उल्लेखित सख्यामा संक्रमित पहिचान भएको हो ।

त्यस्तै गरि यसवीचमा २७३ जना संक्रमित उपचार पछि डिस्चार्ज भएको जाउदै सोही अवधिमा नौ जना सङ्क्रमितको मृत्यु भएको जानकारीदिएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५०९ पुगेको छ भने सात हजार तीन सय जनामा सक्रिय सङ्क्रण रहेको मन्त्रालयले जनाएको छ ।