शुक्रबार, बैशाख १४, २०८१

बाढी र पहिरोका कारण देशका १९ जिल्ला प्रभावित, छ को मृत्यु ,तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न प्रम देउवाको निर्देशन

काठमाडौ कात्तिक २,
बङ्गालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले देशको अधिकांश भू–भागमा परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी छ जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोबाट देशका १९ जिल्ला प्रभावित भएको जनाउदै पाँच जना वेपत्ता भएका छन भने ५ सय घरधुरीमा क्षति पुगेको गृहमन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलद्दारा जारी विज्ञप्तिमा बाढी र पहिरो परि मृत्यु हनेमा कालिकोटमा १ जना, डडेलधुरामा १ जना, डोटीमा २ जना र सुनसरीका २ जना रहेको जनाएको छ।

त्यस्तै मन्त्रालयले मंगलबार आएको बाढी तथा पहिरोका कारण ४ वटा घर पूर्ण रुपमा क्षति ग्रस्त भएको जनाएके छ भने करिव ५ सय धर परिवारलाइ सुरक्षित स्थानमा स्थानान्तर गरिएको जनाएको छ।

यसैवीच प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । मंङ्गलबार प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँडसँग भेट गरी उक्त निर्देशन दिनुभएको हो ।