शुक्रबार, बैशाख १४, २०८१

कात्तिक ७ र ८ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम संचालन गरिने

काठमाडौ कात्तिक २,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक ७ र ८ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम संचालन गर्ने भएको छ। यसअघि प्रत्येक वर्ष कात्तिक २ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय भएको जनाएको छ।

त्यस्तै मन्त्रालयले प्रस्तुत कार्यक्रम ७५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको जनाएको छ। साथै बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन समेत स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।