शुक्रबार, बैशाख १४, २०८१

अविरल वर्षा र बाढी पहिरोको कहर १८ को मृत्यु, ३३ भन्दा बढि सम्पर्कविहीन

काठमाडौ कात्तिक ३,
केहि दिन यतादेखि बङ्गालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले देशको अधिकांश भू–भागमा परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा डुबानमा परेर १८ जनाको मृत्यु भएको छ भने मुलुकका १९ जिल्ला प्रभावित भएको जानकारी सहित विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन भएको सूचना प्राप्त भएको छ ।

गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले बाढीपहिरोमा डुबानमा परेर डोटीमा ७ , धनकुटामा ५, सुनसरीको धरानमा २ , कालीकोटमा १ र डडेलधुरामा १ जनाको मृत्यु पुष्टि भएको जनाएको छ । त्यस्तै हुम्लामा माटोको ढिस्को खसेर एकै परिवारका छ जनाको मृत्यु भएको र थप क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रहरी मुख्यालयका अनुसार इलामको फाकफोकथुम गाउँपालिका–१ ठेङ्गेपुरमा नगबहादुर शेर्माको घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको जनाएको सति पहिरोमा परेका थप १२ मध्ये छजनाको उद्धार गरिएको जनाएके छ ।

त्यस्तै पहिरोका कारण बझाङ लगायतका विभिन्न क्षेत्रमा विद्युत् तथा टेलिफोन सम्पर्कसमेत विच्छेद भएकै कारण थप विवरण प्राप्त गर्न नसकेको अवस्था विद्यमान भएको जनाउदै प्रहरीले पछिल्लो समय कैलालीमा बाढी, पहिरोका ३०० घर प्रभावित भएको जनाएको छ।

त्यस्तै मानविय तथा भौतिक क्षति विवरणको संकलन संगै आवश्यक राहत तथा उद्धारका लागि हेलिकप्टरको प्रयोग संगै राज्यका तीनवटै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा समुदाय सक्रिय रहेको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ ।