शनिबार, बैशाख १५, २०८१

प्रधानमन्त्री र आयोगका पदाधिकारीवीचको छलफल: चैतमा स्थानीय तहको निर्वाचन गर्न सिफारिस

काठमाडौं कात्तिक ८,
निर्वाचन आयोगले सरकारसँग मतदाता नामावली व्यवस्थापन शीर्षकमा ३० करोड रुपैयाँ माग गरेको छ । आयोगले मतदाता नामावली व्यवस्थापन प्रयोजनका लागि ३० करोड रुपैयाँ माग गरेको हो । सोमबार प्रधानमन्त्रीसँगको भेटमा आयोगले स्थानीय तहको चुनाव आगामी चैत महिनामा गर्न मिति प्रस्ताव गर्दै मतदाता नामावली व्यवस्थापन गर्ने कार्य छठलगत्तै सुरु गर्ने योजना समेत बनाएको जानकारीदिएको छ ।

यसअघि भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगले निर्वाचनको मिति प्रस्ताव गरेको हो ।

त्यस्तै आयोगले राष्ट्रियसभाको निर्वाचन माघको पहिलो साता गर्न प्रस्ताव गरेको छ । राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल यही फागुनदेखि सकिँदै गरेको जानकारीदिदै गर्दा प्र देउवाले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनको मिति चाँडै तोकिने, स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त सदस्य पदको उपनिर्वाचनका विषयमा सत्ता साझेदार दलहरू एवम् अन्य राजनीतिक दलहरूसँग छलफल गरी निष्कर्षमा पुग्ने जानकारीदिनुभएको थाहा भएको छ।