बुधबार, बैशाख १२, २०८१

परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर,अपार्टमेन्ट, कोठा वा फ्लाट भाडामा नदिन गृहको आग्रह

काठमाडौं कात्तिक ८,
गृह मन्त्रालयले परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर, अपार्टमेन्ट, कोठा वा फ्लाट भाडामा नदिन आग्रह गरेको छ ।

मन्त्रालयले सोमवार एक विज्ञप्ति जारी गर्दै विदेशी नागरिकहरु परिचय लुकाई अनाधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास गरेको बुझिन आएकाले आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको हो ।

यदि पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गर्न समेत मन्त्रालयका सहसचिव एवम्  प्रवक्ता फणिन्द्रमणि पोखरेलद्दारा जारी विज्ञप्तिमार्फत आग्रह गरेको छ ।