बिहिबार, बैशाख १३, २०८१

श्रृङ्खलाबद्ध चोरी कार्यमा संलग्न व्यक्तिहरु पक्राउ

काठमाडौं कात्तिक ८,
महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न घर, सहकारी तथा वित्तिय संघसंस्था गरी ९ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका(४ घर भएका ३१ वर्षीय कमल थापा मगर, ३० वर्षीय धनलाल थापा मगर र काठमाडौं कपन मिलनचोक बस्ने ३९ वर्षीय हरि प्रसाद रसाइली रहेका छन् ।

काठमाडौं उपत्यकाभित्र रातको समयमा बिभिन्न सहकारी तथा वित्तिय संघसंस्थाहरु र घरमा मानिसहरु नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गहना चोरी कार्यमा संलग्नको खोजी गर्ने क्रममा निजहरुसंगै जनाउदै चोरी गरेको सुन खरिद गर्ने हरि प्रसाद समेतलाई पक्राउ गरेको प्रहरीले जनाएके छ। त्यस्तै प्रहरीले पक्राउ परेका अभियुक्रहरुबाट ८२.६८ ग्राम सुनका विभिन्न गहना र मोबाइल २ थान समेत बरामद गरेको जनाउदै आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।