शनिबार, बैशाख १५, २०८१

देशभर ५९१ जनामा कोभिड संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौं कात्तिक ११,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालये पछिल्लो २४ घण्टामा देशभर ५९१ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ।

देशभरका प्रयोगशालामा ८ हजार ८४८ जनाको पिअिसार परीक्षण गर्दा५२७ र २ हजार ५०७ जनाको एन्टीजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्ते मन्त्रालयले ६६४ संक्रमित उपचार पछि डिस्चार्ज भएको जनाएको छभने यसवीचमा २ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ। साथै देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेको समेत मन्त्रालयले जनाएको छ।