शुक्रबार, चैत्र १६, २०८०

नवनियुक्त मुख्यमन्त्री पाण्डेद्वारा शपथसंगै चार सदस्यीय मन्त्रिमण्डल गठन र पदभार ग्रहण

काठमाडौं कात्तिक ११,
वाग्मती प्रदेशको नवनियुक्त मुख्यमन्त्री पाण्डेद्वारा शपथसंगै पदभार ग्रहण वाग्मती प्रदेशको नव नियुक्त मुख्यमन्त्रीका रुपमा नेकपा एकीकृत समाजवादीका नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको गर्नुभएको छ ।

दिउँसो प्रदेश प्रमुख यादवराज शर्मामार्फत नियुक्त मुख्यमन्त्री पाण्डेले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा शपथ लिनुभएको हो । मुख्यमन्त्री पाण्डेले सपथ लगत्तै आफु नेतृत्वको प्रदेश सरकार तत्काललाइ ४ सदस्यीय मन्त्रीपरिषद विस्तार समेत गनुभएकोछ ।

विस्तारित मन्त्रीपरिषदमा नेकपा माओवादीकेन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली कांग्रेसका कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास र नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गर्नुभएकोछ । यसैवीच नवनियुक्त मन्त्रीहरुले पनि आजै आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।

यसअघि अल्पमतमा पर्नुभएका नेकपा ९एमाले० नेतृ अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्रीबाट राजीनामापछि शाक्यले बुधबारको प्रदेश सभाको बैठकमा राजीनामा घोषणासँगै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिनु भएको थियो  त्यसलगत्तै प्रदेश प्रमुख शर्माले शाक्यको विहिवार दिउँसो ३ बजेसम्म दलहरुलाई सरकार गठनका लागि दावी पेस गर्न बुधबार साँझ नै आव्हान गर्नुभएको थियो ।