शनिबार, बैशाख १५, २०८१

जुवा खालमा प्रहरीको छापा , नगद २ लाख सहित ११ जना पक्राउ

काठमाडौ असोज ३१,
महानगरीयप्रहरी वृत्त बौद्धले गोकर्णेश्वर नगरपालिका९५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ ।

बलले आफ्नो कोठामा जुवा जुवातास खेलाइरहेको भन्ने खबर प्राप्तभएसंगै प्रहरीले छापा मार्दा नगद २ लाख ८२ हजार ५ सय रुपैयाँ र ४ बुक
तास सहित उनिरुलाइ पक्राउ गरेको जनाउदै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकोछ ।