बुधबार, बैशाख १२, २०८१

१३औँ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतलाइ

काठमाडौ असोज ३१ ,

१३औँ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। शनिबार राति माल्दिभ्समा भएको फाइनलमा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै भारतले ८औं पटक उपाधि हात पारेको हो । साफको इतिहासमा नेपालले पहिलो पटक फाइनलमा स्थान बनाए पनि उपाधि भने जित्न सकेनन

खेलको शुरुवाती पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि भारतले दोस्रो हाफको शुरुमानै कप्तान सुनिल क्षेत्रीले खेलको ४९ औँ मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएको थिए। त्यसको केहीबेरमै खेलको ५० औँ मिनेटमा सुरेश सिंह वाङ्जामलेथप अर्को गोल गरेकोहो । त्यस्तै खेलको इन्जुरी समयमा भारतका साहल अब्दुल सामदले तेस्रो गोल गरे।