बिहिबार, बैशाख १३, २०८१

न्यून चापीय र पश्चिमी वायु प्रणालीको दोहरो प्रभाव बढेसंगै फेरी वर्षा र बदलीको सम्भावना

काठमाडौ असोज ३१,
मौसम पूर्वानुमान महाशाखाले भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपासमा विकसित हुँदै गरेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको दोहरो प्रभावले नेपालमा गएराती देखि फेरी वर्षा र बदलीको सम्भावना बढेको जनाएको छ ।

त्यस्तै महाशाखाले यसवीचमा देशका विभन्न स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाउनुको अलावा उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हिमपातको समेत सम्भावना रहेको जनाएकोछ ।साथै काठमाडौँ उपत्यकामा पनि सोहि वायुको प्रभावका कारणमौसममा खण्डित बदली सहितको उतारचढाव रहेको जनाएको छ ।

त्यस्तै गरि महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख भएअनुसार प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहनुको अलावा प्रदेश नं १, २ र वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित  वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारी हल्कादेखि मध्यम वर्षाको सम्भावना औल्याउँनुको अलावा देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएकोछ ।