शुक्रबार, बैशाख १४, २०८१

उपत्यकाको न्यूनतम तापक्रम घटेसंगै बढ्यो बिहान र बेलुका चिसोको रफ्तार

 काठमाडौ कात्तिक १३ ,
जल तथा मौसम विज्ञान विभागले पछिल्लो समय काठमाडौ उपत्यकासहित देशभर चिसो बढ्ने क्रम शुरु भएको जनाएको छ । त्यस्तै विभागले शुक्रबारको तुलनामा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेसंगै चिसोको बढ्न थालको जाउदै यसवीचमा काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जनाएको छ ।

त्यस्ते अबका दिनमा चिसो निरन्तर बढ्दै जाने जनाउदै विभागले दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने क्रम शुरु भएको जनाएको हो । साथै देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभाग मौसम सामान्यतया सफा रहेको जनाउदै विभागले उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको यसवीचमा नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावबढ्ने क्रम सँगै जाडोयाम शुरु हुने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २५ दशमलव पाँच डिग्री सेल्सियस रहेको जनाएको छ ।