शुक्रबार, चैत्र १६, २०८०

इन्धनको मूल्यवृद्धिले जनता लाई राहतको होइन आहतको परिबन्दमा  पार्यो : नेता सिंह

काठमाडौ कात्तिक १३ ,
नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालीकोहरुको दोस्रो ठूलो चाड तिहारको पेट्रोलियम पदार्थको मुल्य वृद्धिप्रति पुनर्विचार गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

काठमाडौं काङ्ग्रेस महानगरपालिका–८ वडा समितिले दीपावली, नेपाल सम्वत् र छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले इन्धनको मूल्य वृद्धिबाट कम आय भएका जनता नराम्ररी प्रभावित हुने बताउँदै निगममा यो वा त्यो नाममा हुँदै आएको फजूल खर्च घटाउनेतर्फ कुनै सोच ननाइ केवल जनता मारमा पर्ने गरि गरिएको इन्धनको मूल्य वृद्धिले जनमानसमा सरकारको छवी समेत प्रभावित भएको भन्दै तत्काल वृद्धि गरिएको इन्धनको मूल्य वृद्धि फिर्ता गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ।

साथै काङ्ग्रेस नेतृत्वको सरकारबाट जनताले सहजता र सुसासनकोअपेक्षा गरेको तर्क गर्दै जनचाहनाअनुसार सरकारले सोहि अपेक्षा अनुरुप काम गर्नुपर्नेमा जोड दिदै इन्धनको मूल्यवृद्धिले जनतालाई राहत होइन आहत पारेको बताउनभयो । त्यस्तै  काँग्रेस पूर्वमहामन्त्री समेत रहेको नेता सिंहले पार्टी विधि र पद्धतिअनुसार सञ्चालन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै १४ औँ महाधिवेशनको तिथि सारिएकामा रोष प्रकट समेत गर्नुभयो ।