शुक्रबार, बैशाख १४, २०८१

मुलुकको हरेक परिवर्तनमा सञ्चार माध्यम र सञ्चारकर्मीको योगदान अतुलनिय : मुख्यमन्त्री पाण्डे

काठमाडौं कात्तिक १३,
नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज शुभारम्भ गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुलुकको हरेक परिवर्तनमा सञ्चार माध्यम र सञ्चारकर्मीको अतुलनिय योगदान प्रति आफु जानकार रहेको बताउँदै प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्ने बताउनुभएको छ। त्यस्तै उहाँले प्रदेश सरकार संविधान, लोकतन्त्र, संसद्, सङ्घीयता र समावेशी लोकतन्त्रको पक्षामा रहेको भन्दै उनले थप संस्थागत विकासका लागि वकालत गर्न सञ्चारकर्मीलाई आग्रह गर्दै आफ्नो कार्यकालमा कुनै पनि सञ्चार माध्यमलाई पक्षपात नुहुने पक्षमा प्रतिवद्धता समेत अभिव्यक्त गर्नुभयो ।

साथै उहाँले संविधान र लोकतन्त्रको विपक्षमा रहेका सञ्चार माध्यमको लागि आफ्नो किमार्थ साथ नरहने बताउँदै “मिडिया राज्यले सञ्चालन गर्न जरुरी नरहेको जनाउ सहित अघिल्लो प्रदेश सरकारले आफ्नै सञ्चार माध्यम खोल्ने नीतिको पक्षमा आफु नरहेको समेत बताउनुभयो । साथै सञ्चार माध्यम सञ्चालनको लागि छुट्टयाएको बजेट सञ्चार माध्यमको विकासमा लगाइने बताउनुभयो ।

त्यस्तै सम्मेलनको उद्घाटनसत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले प्रदेश र जिल्ला शाखालाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै प्रदेश सरकार र स्थानीय पालिकाले सञ्चार नीति बनाउँदा प्रेस माथि नियन्त्रण गर्न खोजेको भन्दै सबै चनाखो भएर लाग्न आग्रह गर्दै पत्रकार महासंघको सुद्धिकरण अभियानका लागि जिल्ला र प्रदेश अध्यक्षलाई सोहि मुताविक कार्ययोजना बनाउन आग्रह गरे ।

नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा सम्पन् उक्त कार्यक्रममा पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वाग्मती प्रदेशका प्रेस रजिष्टार रेवती सापकोटा, नेपाल , केन्द्रिय सचिव सृजना अर्याल, नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्य लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सम्मेलनमा प्रदेशका १० जिल्लाका महासंघका अध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागिता रहेको छ ।