शुक्रबार, बैशाख १४, २०८१

देशभर १ हजार ३३० जनामा कोभिड संक्रमण पुष्टि , ५ को मृत्यु

काठमाडौं असोज ५,
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३० जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरका प्रयोगशालामा गरिएको १३ हजार ६२२ जनाको पिसिआर र एन्टीजेन परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमित पुष्टि भएको हो।

त्यस्तै ९ हजार ६२६ जनाको पिअिसार परीक्षण गर्दा १ हजार ३६ र ३ हजार ९९६जनाको एन्टीजेन परीक्षण गर्दा २९४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। साथै पछिल्लो २४ घउटामा १ हजार ८३० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने ५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै गरि देशभर २१ हजार ५२४ जना सक्रिय संक्रमित रहेको र यसमध्ये ३३५ जनाको आइसियुमा र १०७ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जानाकारी दिएको छ।