बिहिबार, चैत्र १५, २०८०

घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्दारा अस्वीकार

काठमाडौं असोज ५,
सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सरकारले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई २७ साउनमा हटाएर कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्नुको अलावा शाक्यलाई उर्जा आयोगको सचिव सरहको पूर्ण सदस्य नियुक्त गरिएको थियो ।

तर पछि शाक्यले आफूलाई हटाउने निर्णय गैरकानुनी भएको दाबी गर्दै शाक्यले साउन ३२मा आफूलाई हटाउने र घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने सरकारको निर्णय खारेजको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको हो ।