मङ्लबार, चैत्र ६, २०८०

स्थानीय तहका अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने शीर्ष नेतृत्ववीच बन्यो सहमति

काठमाडौं असोज २,
नेपाली कांग्रेसका शीर्ष नेताबीच जारी क्रियाशील सदस्यता सम्बन्धी सिर्जित विवाद समाधान गर्दै पूर्व निर्धारित १४औँ महाधिवेशनअन्तर्गतका स्थानीय तहका अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने सहमति भएकोछ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका शीर्ष नेताहरु क्रमस कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, नेताहरु कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल, रमेश लेखकलगायत नेताहरुवीच शुक्रवार भएको छलफलसंगै असोज ५ गतेका लागि निर्धारण गरिएको वडा अधिवेशन निर्वादरुपमा सम्पन्न गर्ने सहमति भएको हो ।

 यसअघि सम्पन्न भइसकेको ५७ जिल्लामा वडा अधिवेशनसमेत सम्पन्न गरिसकेको छ भने ६४ जिल्लाको क्रियाशील सदस्यताको विवाद समेत निरुपण गरिसकेको छ ।  करिब ९ लाखको सङ्ख्यामा रहेका कांग्रेसले गाउँ/नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।