बिहिबार, बैशाख ६, २०८१

राजधानीमा आज साँझ मृतआत्माको चिरशान्तिको लागि उपाको वनेगु पर्व मनाइदै

काठमाडौं असोज २,
राष्ट्रिय पर्व इन्द्रजात्राको शुभारम्को पहिलो दिन अर्थात राजधानीको हनुमानढोका दरवार परिसरमा विहानीको शुभ साइतमा इन्द्रध्वजा फहराइएसंगै वामन द्धादशीको दिन शास्तीय मान्यता अनुरुप भगवान बिष्णुले बामन अवतार लिएको दिन भन्दै आज साँझ दिवंगत भएका आफन्तको नामना दिप प्रज्वलन गरि मृतआत्माको चिरशान्तिको लागि मनाइने उपाको पर्व अर्थात उपाको वनेगु भनी नगर परिक्रमा गर्ने प्रचलन अनुरुपको जात्रा मनाइदै छ ।

नेपाल भाषामा उपाको अर्थात दिपदान गर्ने यो पर्वको अवसरमा मजिपातको लाखे नाच किलागलको पुलुंकिसी नाच हलचोकको आकाशभैरव नाच किलागलकै देवीनाच भक्तपुरको माहाकाली नाच पनि नचाइने गरिन्छ । त्यस्तै आजै हनुमानढोकामा हाथु भैरव र इन्द्रचोकमा आकाशभैरबको मुर्तिलाइ मन्दिर बाहिर ल्याइ प्रदर्शन गर्ने गरिन्छ । त्यस्तै राजधानीको विभन्न चोकचोकमा आज विशेष प्रकारले सजाईएको समय बजी द्दोको प्रदर्शन समेत राख्दै भजनकिर्तन गर्ने गरिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031