शनिबार, बैशाख १५, २०८१

राजधानीको मुख्य सडक, चोक र गल्लीमा थुप्रिएको फोहर उठ्न अझै केहि दिन लाग्ने

काठमाडौं भाद्र १९,
करिव दुइ साता भन्दा लामो समय यता देखिएको फोहर संकलमा देखिएको समस्याका कारण राजधानीको मुख्य सडक, चोक र गल्लीमा थुप्रिएको फोहर अझै पनि सफा हुन सकेको छैन ।

गत भाद्र १५ मा सिसडोल बञ्चरे क्षेत्रका स्थानीय काठमाडौँ महानगरको वातावरण तथा कृषि विभागका अधिकारीवीच भएको वार्ता १४ बुँदे सहमति पछि फोहोर संकलन कार्य आरम्भ भएपनि दुइ साता भन्दा लामो समय देखि थुप्रिएको फोहर संकलन र व्यवस्थापनमा समस्या सिर्जना भएको काठमाडौँ महानगरपालिले जनाएको छ। त्यस्तै महानगरले अवको २ ३ दिनमा शहरको मुख्य चोकमा थुप्रिएको फोहरको व्यवस्थापन भइसक्ने जनाएको छ ।

हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुने र यसमध्ये काठमाडौं महानगरको मात्र ५सय मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।