शुक्रबार, बैशाख १४, २०८१

मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने

काठमाडौं भाद्र १९,
नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ । पछिल्लो समय बढ्दो कोभिड संक्रमणको रफ्तारसंगै बैशाख १६ बाट जारी गरिएको के निषेधाज्ञासंगै बन्द रहेको केबुलकार सेवा आइतवारबाट सञ्चालनमा आउन लागेको हो ।

मनकामना दर्शन प्रालिका कार्यकारी प्रवन्ध निर्देशक राजेशवावु श्रेष्ठले स्वास्थ्य सुरक्षा मापदण्ड सहित सञ्चालन हुने केबुलकार सञ्चालनको क्रममा ‘यात्रुलाइ पनि सुरक्षा मापदण्डलाई पालना गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

त्यस्तै मन्दिर खोल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालयको सूचना मुताविक हुने समेत उहाँले जानकारीदिनुभयो ।