शुक्रबार, बैशाख १४, २०८१

बौद्ध दर्शनसम्बन्धी महर्जनको दशौं कृति प्रकाशित

काठमाडौं असोज ११,

विगत लामो समय देखि बौद्ध अध्ययन क्षेत्रमा अविराम कलम चलाउदै आएका बसन्त महर्जनको पछिल्लो पुस्तक ‘बौद्ध दर्शन सहज चिन्तन’ पुस्तक इन्साइट पब्लिकेशनबाट प्रकाशित भएको छ । बौद्ध विषयका विविध पक्षमा अध्ययन अनुसन्धान तथा लेखन कर्म गर्दै आएका लेखकको प्रकाशित दशौं कृतिमा बौद्ध दर्शनका विविध पक्ष र विषयवस्तुको चर्चा, चिन्तन–मनन र विश्लेषण गरी लेखिएका चवन्न वटा आलेख संग्रहित रहेको छ।

त्यस्तै लेखक महर्जनले प्रस्तुत पुस्तकमा आलेखहरू शास्त्रीय पद्दतिअनुसार नभएर बौद्ध दर्शनलाई सर्वसुभल बनाउन र सहज चिन्तनको संस्कृति बसाल्न सर्वसाधारणलाई ध्यानमा राखी लेखिएको बौद्ध धर्मदर्शनको मूलभूत मान्यताको रूपमा लिइने त्रिलक्षणको अनित्य, दुःख र अनात्म, प्रतीयसमुत्पाद, मध्यममार्ग, तथा विभिन्न यान तथा सम्प्रदायहरूको विकास तथा त्यसको तात्पर्यमाथि पुस्तकमा चर्चा गरिनुको अलावा बुद्ध र बुद्ध वचनसम्बन्धी चर्चा गर्दै हिंसा, अहिंसा, जातिवाद, लैगिक विभेद आदिका बारेमा प्रष्ट्याउने काम पुस्तक मार्फत गरिएको बताए ।