शनिबार, बैशाख १५, २०८१

देशभर १ हजार ५११ जनामा कोभिड संक्रमण, ११ को मृत्यु

काठमाडौं भाद्र ३१ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टामा देशभर १ हजार ५११ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयका अनुसार पिसिआर र एन्टीजेन गरि देशभरका प्रयोगशालामा १५ हजार १७९ जनाको परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

त्यस्तै आज १हजार ६८९ जना संक्रमित निको भई डिस्चार्ज भएको जनाउदै मन्त्रालयले यसवीचमा ११ जना संक्रमितको मृत्यु भएको जानकारििदएको छ। साथै पछिल्लो डेटा अनुसार देशभर २५ हजार ७७२ जना सक्रिय संक्रमित रहेको जानकारीदिदै यसमध्ये ४०७ जना आइसियुमा र १२८ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ।