बुधबार, बैशाख १२, २०८१

आजमात्रै उपत्यकामा थपियो ४३० जना नयाँ संक्रमित

काठमाडौं भाद्र ३१ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टामा देशभर १ हजार ५११ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयका अनुसार पिसिआर र एन्टीजेन गरि देशभरका प्रयोगशालामा १५ हजार १७९ जनाको परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

यसैवीच आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा ४३० जना रहेको जनाउँदै मन्त्रालयले यसमध्ये काठमाडौंमा २९३, भक्तपुरमा ३९ र ललितपुरमा ९८ जना रहेको जनाएको छ ।