शनिबार, बैशाख ८, २०८१

प्रेसलाई नियन्त्रण र अंकुश लगाउने प्रदेश सरकारको कदम प्रति महासंघको ध्यानाकर्षण

काठमाडौं भाद्र ३१ ,
नेपाल पत्रकार महासंघले गण्डकी प्रदेश सरकारले हालै संसदमा दर्ता गरेको सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका कतिपय प्रावधान प्रेस स्वतन्त्रतामैत्री नभएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं स्वतन्त्र पत्रकारिताको मान्यताविपरीत रहेकाले उक्त विधेयकप्रति गम्भीर ध्यानाकर्षण भएको जाएको छ ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधानप्रति गम्भीर असहमति राख्दा राख्दै पनि प्रदेश सरकारले बेवास्ता गर्दै विधेयकलाई संसद्मा दर्ता गरिनु अत्यन्त दुःखद् पक्ष भएको जनाक्एो छ । प्रदेश सरकारको कदमले प्रदेश सरकार प्रेसप्रति उदार नभई प्रेसलाई नियन्त्रण र अंकुश लगाउन उद्धत रहेको स्पष्ट भएको जनाउ दिएको छ।

त्यस्तै महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं संविधानको मर्म र भावनाविरुद्ध रहेको यो विधेयक संसबाट तत्काल फिर्ता गरी महासंघसहित सरोकारवालको सहभागितामा व्यावसायिक पत्रकारिता र प्रेस स्वतन्त्रतामैत्री हुनेगरी पुनर्लेखन गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।