शुक्रबार, बैशाख १४, २०८१

१४औँ महाधिवेशनको शुनिश्चिता कायम भएसंगै नेता तथा कार्यकर्तामा बढ्यो चुनावी सरगर्मी

काठमाडौ भाद्र १३,
नेपाली काँग्रेसका शिर्ष नेतृत्ववीच सिर्जित क्रियाशील सदस्यता , निर्वाचन निर्देशिका लगायतका यावत सम्पूर्ण विवाद सम्बोधन गर्ने सहमतिभएसंगै आसन्न् १४औँ महाधिवेशनको शुनिश्चिता कायम भएको छ ।

त्यस्तै सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको सहमतिसंगै पार्टी मुख्यालयमा गत भाद्र ८ गतेबाट जारी जिल्ला सभापतिको रिले अनशन समेत शनिबार साँझबाट समाप्त भएको छ भने नेता तथा कार्यर्तामा समेत महाधिवेशनको सरगर्मी बढेको छ।

त्यस्तै यसवीचमा मुलुकको ७७ मध्ये ५३ जिल्लाको सदस्यता सुची समेत सार्वजनिक गरिएको जिल्लाका लागि आगामी भाद्र १८ गतेबाट शुरु हुने प्रारम्भिक अधिवेशनको लागि निर्वाचन अधिकृतसमेत खटाइएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।