शनिबार, बैशाख १५, २०८१

बजार मूल्य करिब नौ करोड बराबरको कोकिन सहित ३ जना विदेशी नागरिक पक्राउ

काठमाडौ भाद्र १३,
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले बजार मूल्य करिब नौ करोड मूल्य बराबरको कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा दक्षिण अफ्रिकी, भारतीय र तान्जानिया नागरिक रहेको व्युरोले जनाएको छ ।

त्यस्तै ब्युरोले गत भाद्र ३ गते कतार एयरलाइन्सको विमानमार्फत् केपटाउनबाट दोहा हुँदै नेपाल आएकी दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा २ किलो ९६६ ग्राम कोकिनसहित पक्राउ परेको जानकारीदिदै त्यसैको फ्लोअप अन्र्तगतविशेष सूचनाको आधारमा प्रहरीले कमलादीस्थित एक होटलबाट थियो कोकिन कारोबारमा संलग्न भारत व्याङ्लोरका विजय सिंहलाई तान्जानियाका नागरिक गेरट्रुड लियोनार्ड किमारोलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीको खुर्कोटबाट पक्राउ गरेको उ जनाएको छ ।

साथै पक्राउ परेका अभियुक्तहरू उपर जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।