बुधबार, बैशाख ५, २०८१

गठबन्धनदलका नेतात्रयवीच विशेष छलफल , सोमवार मौजुदा मन्त्रीपरिषद विस्तार हुने

एकीकृत समाजवादी संसदीय दलको नेतामा नेता नेपाल

काठमाडौ भाद्र १३,
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी संसदीय दलको आज बसेको बैठकले नेता नेपाललाई संसदीय दलको नेता चयन गर्दै काँग्रेस सभापति एवम् प्रधानमत्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने मन्त्री छान्ने अधिकार समेत प्रत्यायोजित गरेको छ ।

नेकपा एकीकृत समाजवादीको आजको बैठकले गरेको विषयगत निर्णयको जानकारी दिदै सम्वद्ध स्रोतले राष्ट्रिय सभाको दलको नेता बेदुराम भुसाललाई चयन गरेको र सरकारमा सहभागी हुँदै गर्दा एकीकृत समाजवादी पार्टीले ६ मन्त्री र एक राज्यमन्त्री माग गर्ने निर्णय भएको
बताइएकोछ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड र नेता नेपालवीच विषेश भेटवार्ता भएको थाहा भएको छ । प्रमको सरकारी निवास वालुवाटारमा नेतात्रयवीच भएको भेटवार्ताको क्रममा मन्त्रिपरिषद् विस्तार नै प्रमुख एजेन्दा रहेको बुझिएको छ । समाचार स्रोतका अनुसार प्रस्तुत एजेन्दामा नेतात्रवीच बनेको नितिगत सहमति अनुसार सोमवार मौजुदा मन्त्री परिषदलाइ विस्तार गर्ने तयारी भएको थाहा भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु