बुधबार, बैशाख १२, २०८१

थप ५ जिल्लाको कांग्रेस क्रियाशील सदस्यता सूची सार्वजनिक

काठमाडौं भाद्र १२ ,

कांग्रेसकोे १४औ महाधिवेशनअन्तर्गत नेपाली काँग्रेस केन्द्रीय सनर्वाचन समतिले थप ५ जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरेको छ । क्रियाशील सदस्यको नाम सार्वजनिक भएको ५ जिल्लामा क्रमस नुवाकोट, धादिङ, चितवन,ललितपुर र अर्घाखाँची रहेको समितिले जनाएको छ।

यसअघि निर्वाचन समितिले ४८ जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गर्दै निर्वाचन अधिकृतसमेत खटाइसकिएको छ । त्यस्तै बाँकी जिल्लाको पनि एकाध दिनमानै नाम सार्वजनिक भइसक्ने जनाएको छ ।

गाउँ र नगर वडा अधिवेशन यही भाद्र  १८, गाउँरनगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय भएको छ ।