शनिबार, बैशाख १५, २०८१

१ थान पेस्तोल सहित ३ जना पक्राउ

पर्सा साउन २९,
वीरगंज महानगरपालिका- १५ ब्रह्मचोकबाट १ थान पेस्तोल सहित ३ जानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका(१२ ठेगाना भएका ३५ वर्षीय अनिल साह, सुनसरी धरान उपमहानगरपालिका-१५ ठेगाना भएका ३२ वर्षीय रवि पौडेल र पर्सा पकाहामैनपुर गाउँपालिका(७ ठेगाना भएका ४० वर्षीय विजय कुमार पटेल रहेको जनाएको छ ।

सोही ठाउँस्थित एक होटलमा ३ जना व्यक्तिहरु सानो हतियार बेचविखन गर्ने उद्देश्यले जमघट हुँदै गर्दाको उनिहरुलाइ विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीको संयुक्त टोलीले तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको जनाउदै उनीहरु उपर हातहतियार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ