बुधबार, बैशाख १२, २०८१

कोभिड सक्रंमित पत्रकार राहत कोषका लागि अष्ट्राटेक प्रालिका तर्फबाट रु ३ लाख सहयोग

काठमाडौं साउन २९ ,
नेपाल पत्रकार महासंघको कोभिड सक्रंमित पत्रकार राहत कोषका लागि अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक प्रालिका तर्फबाट रु ३ लाख सहयोग प्राप्त भएको छ । महासंघले कोभिड संक्रमित पत्रकारलाइ सहयोग गर्ने लक्ष्य सहित कोषको स्थापना गरेको हो ।

अष्ट्राटेक प्रालिका फाउण्डर तथा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी[एनएसडब्लु] इ. विनोद कुँवरमार्फत प्राप्त भएको उक्त रकम आज एक कार्यक्रमका बीच महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टलाई अष्ट्राटेक प्रा। लि। का नेपालस्थित कार्यालयका प्रतिनिधि सैलेश शाँखीले हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा कार्यवहाक अध्यक्ष विष्टले कोभिड संक्रमित पत्रकारका लागि सहयोग पु¥याउन महासंघले सञ्चालन गरेको अभियानमा सहयोग गर्नुभएकोमा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी [एनएसडब्लु] इ. विनोद कुँवरसहित नेपाल प्रतिनिधि शाँखीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै प्राप्त सहयोगले नेपाली पत्रकारप्रतिको विश्वास र स्नेह प्रकट भएको बताउँनुभयो ।  साथै उहाँले प्राप्त सहयोग लक्षित पत्रकारहरूसम्म पारदर्शी ढङ्गबाट सहयोग गरिने बताउँदै कावा अध्यक्ष विष्टले भविष्यमा पनि अष्ट्राटेक प्रालि सँग सहकार्य गरी अगाडि बढ्ने बताउँदै थप सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनु भयो ।

रकम हस्तान्तरण कार्यक्रममा महासंघका केन्द्रीय सदस्य शिवराज तिमिल्सिना र लेखा समिति सदस्य मुकुन्दप्रसाद भण्डारीलगायतको उपस्थिति रहेको थियो ।