बिहिबार, बैशाख १३, २०८१

पछिल्लो २४ घण्टामा ३ हजार ९१५ कोभिड संक्रमित थपिए , २७ को मृत्यु

काठमाडौं साउन २९ ,
वितेको पछिल्लो २४ घण्टामा ३ हजार ९१५ कोभिड संक्रमित थपिएका छन्। देशभर गरिएको ११ हजार ७०८ पीसीआर र ६ हजार ८७४ जनाको एन्टीजेन परीक्षणको क्रममा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज पुष्टि भएको संक्रमितको संख्या संगै कुल संक्रमितको सख्या ७ लाख २८ हजार ५३२ पुगेको छ। त्यस्तै यसवीचमा २ हजार ११८ जना संक्रमित उपचार पछि डिस्चार्ज भएसंगै देशभर निको हुनेको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको मन्त्रालयले जनाएको छ ।

साथै यसवीचमा २७ जना संक्रमितको मृत्यु भएको र योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ भने ७३६ जना संक्रमितको आइसीयूमा र १८६ जनाको भेन्टिलेटरमा उपचा भइरहेको समेत मन्त्रालयले जनाएको छ।