शनिबार, बैशाख १५, २०८१

१४औं महाधिवेशनको विषयगत एजेन्दाम छलफलका लागि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

तोकेको मितिमा  महाधिवेशन सम्पन्न गर्न नसक्दा हिनताबोध: जिल्ला सभापतिहरु

काठमाडौं साउन २२,
सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । साउन २८ गतेका लागि वोलाइएको उक्त बैठकमा पार्टीको आसन्न १४औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका लगायतका विषयगत एजेन्दा रहेको काँग्रेस मुख्यालयले जनाएको छ।

त्यस्तै बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ ।

यसैवीच आगामी भाद्र १६ देखि १९ सम्मका लागि तय भएको काँग्रेसको १४ औं महाधिवेशन सो मितिमा नहुने निश्चित भएसंगै जिल्ला सभापतिहरुले केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका छन्। सम्पूर्ण जिल्ला सभापतिकोहरुको तर्फबाट भन्दै नुवाकोट काँग्रेसका सभापति जगदिश्वर नरसिंह केसीले आज जारी विज्ञप्तिमार्फत यसकिसिमको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै ध्यानाकर्षण पत्रमा केन्द्रीय समिति आफैले पाँचौ पटक तोकेको मितिमा समेत महाधिवेशन सम्पन्न गर्न नसक्दा हिनताबोध भएको उल्लेख गर्दै यसरी पटकपटक महाधिवेशनको मिति तोक्दै सम्पन्न गर्न नसक्नुले महाधिवेशनको निष्पक्षतामाथि नै संशय पैदा गरेको कुरा प्रसंगलाइ नेतृत्वतहले बेलैमा बुझ्न जरुरी रहेको उल्लेख गरिएके छ।