शनिबार, बैशाख १५, २०८१

वितेको २४ घण्टामा १हजार८५७ जनामा कोभिड संक्रमण, २७ को मृत्यु

काठमाडौं भाद्र १२,
वितेको २४ घण्टामा १ हजार ८५७ कोभिड संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ४०९ पीसीआर र ३ हजार ७६७ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ९हजार ४०९ जनामा गरिएको पीसीआर परीक्षणको क्रममा १५१६ जनामा र ३ हजार ७६७ जनामा गरिएको एन्टीजेन परीक्षमा ३४१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य जनाएको छ । आज पहिचान भएका संक्रमित संगै नेपालमा कुल कोभिडसङ्क्रमितको सख्या ७ लाख ५८ हजार ८ पुगेको छ भने यसमध्ये ३६ हजार ८६६ जनामा सक्रिमन्त्रालयले जनाएको छ।

त्यस्तै यसवीचमा २ हजार २२२ जना संक्रमण मुक्त भएको यो संगै निको हुनेको सख्या ७ लाख १० हजार ४५० पुगेको छ । त्यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएसंगै का नेपालमा संक्रमणका कारण मृत्यु हुनेको सख्या १० हजार ६९० पुगेको जनाएको छ।