शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ ५ सय भन्दा बढि कोभिडका सक्रिय संक्रमित रहेका ५ प्रदेश का २० जिल्लाको सूची

काठमाडौं भाद्र १२,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकको ७ प्रदेश मध्ये ५ प्रदेशका विभिन्न २० वटा जिल्लामा कोभिडका ५ सय भन्दा बढि सक्रिय संक्रमित रहेको जनाएको छ । छन्। पाँच प्रदेशका २० वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको जनाएको छ।

त्यस्तै ५ सय भन्दा बढि संक्रमित रहेका प्रदेशहरुमा क्रमस प्रदेश १ अन्र्तगत ३ जिल्ला मोरङ, सुनसरी र झापा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र नुवाकोट जिल्ला रहेको जनाएको छ। त्यस्तै गण्डकी प्रदेशका ६ क्रमस नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङजा र तनहुँ रहेका छन भने लुम्बिनी प्रदेशको २ जिल्लामा दाङ र रुपन्देही रहेको छ भने कर्णाली प्रदेशको सुर्खेत जिल्ला रहेको जनाएको छ।

त्यस्तै बाँकी प्रदेशका विभिन्न १९ जिल्ला क्रमस धनकुटा, इलाम, धनुषा, बारा, सप्तरी, सिरहा, दोलखा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कञ्चनपुर जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको समेत मन्त्रालयले जानकारी दिएको छ।