बिहिबार, बैशाख १३, २०८१

अनसनरत जिल्ला सभापतिको माग सम्बोधन गर्ने सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सहमति

काठमाडौं भाद्र १२ ,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज भएको छलफल पछि आसन्न १४औँ महाधिवेशनअन्तर्गत क्रियाशील सदस्यताका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापतिका माग सम्बोधन गर्ने सहमति भएको छ ।

सभापति देउवासँग भेटवार्ता पछि नेता पौडेलले आज आफू निकट नेता र जिल्ला सभापतिहरुसँग कांग्रेस नेता प्रकाशमा सिंहको चाक्सिबारी स्थित निवासमा छलफल सहमतिको जानकारीदिनु भएको हो । यसवीचमा कांग्रेस केही जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिका संशोधन र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न माग गर्दै भाद्र ८ गतेदेखि पार्टी मुख्यालय सानेपामा अनशनमा बस्दै आएका छन ।

बैठकमा उहाँहरुवीच १ मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानत व्यवस्था अनुरुप जिल्ला सभापतिको उम्मेदवार बन्न पाइने, क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने सहमति भएको र उक्त सहमित भएसंगै पार्टी मुख्यालयमा जारी जिल्ला सभापतिको अनशन अन्त्य हुने भएको छ।