शनिबार, बैशाख १५, २०८१

थप २ हजार ७५ जनामा संक्रमण पुष्टि , ३० संक्रमितको मृत्यु

काठमाडौं भाद्र ५ ,

वितेको २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ७०३ जनाको पीसीआर र ५ हजार ३७२ जनाको एन्टीजेन परीक्षणको क्रममा थप २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा २ हजार ३८२ जना संक्रमित निको भएको जनाएको छ भने ३० जना संक्रमितको मृत्यु भएको र यो संगै कुल मृतकको सख्या १० हजार ४८५ पुगेको जनाएको छ। त्यस्तै ७१८ जना आइसीयूमा र १६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।