शनिबार, बैशाख ८, २०८१

६ प्रदेशका २२ वटा जिल्लामा कोभिडका ५ सय बढि सक्रिय संक्रमित

काठमाडौं भाद्र ५ ,

मुलुकका ७ प्रदेश मध्ये ६ प्रदेशका २२ वटा जिल्लामा कोभिडका ५ सय बढी सक्रिय संक्रमित सक्रिय रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिडका सक्रिय संक्रमित चलायमान रहेका जिल्ल मध्ये प्रदेश १ को ३ वटा जिल्ल क्रमस मोरङ, सुनसरी र झापा, बागमती प्रदेशको ९ जिल्ल क्रमस काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट रहेका छन ।

त्यस्तैगण्डकी प्रदेश अन्र्तगत ६ जिल्ला क्रमस नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङजा र तनहुँ र लुम्बिनी प्रदेशको २ जिल्ला क्रमस दाङ र रुपन्देही रहेका छन भने कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको कैलाली जिल्ला रहेका छन ।

यस्तै १७ वटा जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको सूचीमा धनकुटा, इलाम, धनुषा, बारा, सप्तरी, सिरहा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कञ्चनपुर रहेको मन्त्रालयले जनाएको छ ।