शुक्रबार, बैशाख १४, २०८१

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव भड्काउने पूर्व प्रम डा.भट्टराईको अभिब्यक्ति खेदजनक :महासंघ

काठमाडौं साउन ८,
जनता समाजवादी पार्टीका संघिय अध्यक्ष पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले हिन्दुधर्मावलम्बी ॐकार परिवारको आस्था र विश्वास प्रति प्रहार गर्दै समाजिक संजाल ट्विटर मार्फत् दिएको अभिब्यक्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघके महासचिव अस्मिता भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै डा। भट्टराईले धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने र तथा सामाजिक सद्भाव भड्काउने उद्देश्यबाट प्रेरित हुँदै ॐकार परिवारको आस्था र विश्वास प्रति प्रहार गर्दै समाजिक संजाल ट्विटर मार्फत ससारभरि कै हिन्दु ॐकार परिवारको भावना अनादर गर्दै भारत उत्तर प्रदेशका मा मुख्य मन्त्री गोरक्षपिठाश्वर महन्त योगी आदित्यनाथजीले गंगाजीमा दूधधारा अर्पण गर्दै गरेको तस्बिरलाई माध्यम बनाएर हाम्रो पूविर्य दर्शन , सभ्यता र हिन्दु धर्म , संस्कृतिका रुपमा गरिने प्रकृति पूजन माथि अत्यन्तै अमर्यादित र अशिष्ट शब्दहरु प्रयोग गरेकोमा खेद समेत प्रकट गरेको छ।

त्यस्तै जारी विज्ञप्तिमा ईस्लाम धर्मावलम्बीको पर्व इदका दिन हिन्दु धर्ममाथी गरिएको यस किसिमको प्रहारले राष्ट्रिय एकताको जग नै वैदिक सनातन हिन्दु धर्मको आडमा अडिएको मुलक नेपालको धार्मिक आस्था र विश्वासमा कुठाराघात गर्दै अपमान जनक अभिव्यक्ति दिने डा. भट्टराईलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कारबाही गर्नका लागि नेपाल सरकार तथा सम्बन्धित निकाय समक्ष माग समेत गरेको छ।