शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा बढ्दो कोभिड संक्रमितको सख्या तेस्रो लहरको सूचक

काठमाडौं साउन ७,
काठमाडौं उपत्यकामा कोभिड संक्रमितको सख्या पुन बढ्न थालेका छन्। पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ७५१ संक्रमित पहिचान भएसंगै उपत्यकामा वितेको केहि दिन यता संक्रमितको सख्या बढ्दो पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार वितेको २४ घण्टामा पहिचान भएको संक्रमित मध्ये काठमाडौंका सबैभन्दा बढी ५३६ , भक्तपुरमा ८५ र ललितपुरका १३० जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

साथै मन्त्रालयले दिनानुदिन बढ्दो कोभिड संक्रमितको रफ्तार संगै कोभिडको तेस्रो लहरको संभावना बढ्दो रहेको भन्दै आवश्यक सतर्कताका लागि सवैमा आग्रह गरेको छ। साथै यसवीचमा स्वास्थ्यको मापदण्ड पालना गर्ने तर्फ जनसाधारणले गर्दै आएको वेवास्तानै एक प्रमुख कारण रहेको जनाएको छ।