शुक्रबार, बैशाख १४, २०८१

संक्रमणको जोखिम बढेसंगै बन्द रहेको लामो तथा छोटो दूरीका सार्वजनिक यातायात शनिवारबाट सञ्चालनमा आउने

काठमाडौं साउन ८,
नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार दोस्रो चरणको कोभिड लहरको संक्रमणको जोखिम बढेसंगै बन्द रहेको लामो तथा छोटो दूरीका सार्वजनिक यातायात शनिवारबाट सञ्चालनमा आउने भएकोछ ।

लामो तथा छोटो दूरीका सार्वजनिक यातायातको प्रसंगमा यसवीचमा सिर्जित अन्यौलतालाइ सम्बोध गर्दै गृहमन्त्रालयले पनि लामोदूरीका यातायता सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लालाइ गरेको परिपत्र एवम यातायात सञ्चालनको क्रममा अपनाइनु पर्ने स्वास्थ् व्यवसायी र सरकारवीच भएको सहमति अनुसार लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न वातावरण बनेको हो ।

त्यस्तै आसन्न विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर विद्यार्थीलाई यात्राको लागि सहजीकरण गर्नुका साथै लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध समेत गरेको छ ।